पाेखरामा भूमिअधिकार मञ्चको अभिमुखिकरण कार्यक्रम

कास्की | जेठ २५, २०८१

पाेखरामा भूमिअधिकार मञ्चको अभिमुखिकरण कार्यक्रम

पोखरा:  राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेश मञ्चको बैठक एवम् अभिमूखिकरण कार्यक्रम विभिन्न महत्वपूर्ण विषयमा समिक्षा गरी  कास्कीमा सम्पन्न भएकाे छ ।

 

बैठकमा मञ्चका राष्ट्रिय अध्यक्ष ल्याम बहादुर दर्जी र केन्द्रिय सदस्य निर्मल नेपालीले अभिमुखिकरणको सहजीकरण गरेका थिए भने नवलपुर, गोर्खा, तनुहँ, कास्की, पर्वत र बाग्लुङ जिल्लाका ३६ जना अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

सो अवसरमा जिल्लागत समिक्षा, प्रदेश मञ्चको साङ्गठनिक प्रतिवेदन, राष्ट्रिय मञ्चको साङ्गठनिक प्रगति प्रतिवेदनमाथि छलफल गर्नुका साथै वार्षिक योजना सम्बन्धि निर्णय गरेको थियो ।

 

साथै गत जेठ २० गते दाङ जिल्लामा भएको गुठी आन्दोलनमा घाइते मञ्चका सदस्यहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथैै घाइतेको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नु पर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

 

बैठकमा देशभर भइरहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बारी तथा अव्यवस्थित वस्तीहरु उठिबास, वेदखली, भूमि आयोग विगटन, गुठी आन्दोलनहरुबारे समिक्षा गर्नुका साथै समसामयिक विषयमा गहन छलफल गरेको गण्डकी प्रदेश मञ्चका अध्यक्ष रामबहादुर लामिछानेले बताए ।

 

सो अवसरमा गण्डकी प्रदेशका कोषाध्यक्ष धनकुमारी गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन बैठकले सर्वसम्मत पास गरेको थियो ।

 

कार्यक्रममा राष्ट्रिय भूमि आयोग कास्कीका निवर्तमान प्रवक्ता आसबहादुर गुरुङ, मञ्चका केन्द्रिय सदस्य मनरुपा कुमाललगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

मञ्चको गण्डकी प्रदेश अध्यक्ष रामबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश उपसचिव मोहन प्रसाद गुरुङले स्वागत र संचालन कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले गरेका थिए ।

                                                     

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्